प्रधानन्यायाधीशविरुद्धको महाअभियोग सम्बन्धी प्रमाण बुझाउन तीन दिनको समय

माण्डवी न्युज
माण्डवी न्युज १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोगसँग सम्बन्धित प्रमाण भए बुझाउन सार्वजनिक सूचना प्रकाशित गरेर आग्रह गरेको छ।

समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सम्बन्धित व्यक्ति तथा निकायसँग आग्रह गरेको हो।

त्यस्ता कागजात तथा प्रमाणहरु तीन दिनभित्र समितिमा बुझाउन भनिएको हो। प्रधानन्यायाधीश जबराविरुद्ध संविधानको धारा १०१ को उपचार २ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६१ बमोजिम एक चौथाई भन्दाबढी सदस्यले महाभियोग प्रस्ताव पेश गरेका थिए।

महाभियोग सिफारिस समितिको भदौ ८ गतेको बैठकको निर्णय अनुसार प्रमाण तथा कागजातका लागि सार्वजनिक सूचना निकालिएको हो।

प्रतिक्रिया दिनुहोस्

Array