कपिलवस्तुमा गोली हानी एक जनाको हत्या

माण्डवी न्युज
माण्डवी न्युज १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहले गोली हानेर एकजनाको हत्या गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ ।

पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्याएर गोली प्रहार गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । कपिलवस्तु अस्पतालको ईमरजेन्सीमा कार्यरत डाक्टर खगेन्द्र चौधरीका अनुसार मृतकको बायाँ तिघ्रामा गोली लागेर छेडिएको छ ।

तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको डा. चौधरीले बताए । गोली प्रहारको घटनामा संलग्नहरुको खोज तलासका लागि प्रहरीको टोली घटनास्थल खटाइएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array