नेका क्षेत्र नं. १ को प्रवक्तामा “अजय न्यौपाने”

माण्डवी न्युज
माण्डवी न्युज १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ – नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ को बैठक आज आइतबार सम्पन्न भएको छ । बैठकले ५ जना सल्लाहकार, १ आमन्त्रित सदस्य र १ जना प्रवक्ता चयन गरेको छ ।

नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले क्षेत्रीय समितीको सल्लाहकारहरुमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीबाट शुसिला चौधरी, गढवा गाउँपालिका वडा नम्बर ६ बाट शकुन्तला डिसी, घोराही उपमहानगरपालिका वडा नम्बर ५ बाट खड्क बहादुर विक, राजपुर गाउँपालिका वडा नम्बर ३ बाट रामप्रताप यादव र लमही नगरपालिका वडा नम्बर ५ बाट रत्न प्रसाद श्रेष्ठ चयन भएका छन ।

त्यस्तै क्षेत्रीय सदस्य अजय न्यौपानेलाई समितीको प्रवक्तामा नियुक्त गरेको छ । त्यस्तै फनेश्वर गुप्ता ‘भुलन’ लाई आमन्त्रित सदस्यमा चयन गरिएको छ ।

विधान अनुसार पार्टीको संगठनलाई मजबुत बनाउन विभिन्न समितीहरु गठन गर्दै जाने क्षेत्रीय सभापति पाण्डेले जानकारी दिए ।

त्यसैगरी नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ को प्रवक्तामा अजय न्यौपाने चयन भएका छन । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ को आज बसेको बैठकले न्यौपानेलाई प्रवक्तामा चयन गरेको क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array