त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुखको रुलिङ

माण्डवी न्युज
माण्डवी न्युज १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुख अग्नि सापकोटाले रुलिङ गरेका छन् ।

आज बसेको संसद बैठकको सुरुमै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा सरकारको संरक्षणमा गुण्डागर्दी भएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।

विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहेका प्रधानमन्त्री मौन बनेको भन्दै उनले आपत्ति जनाए ।

यसबारे गृहमन्त्री, शिक्षामन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै रुलिङ गर्न माग गरे । नभए संसद अगाडि बढ्न नसक्ने भन्दै एमाले सांसदहरु उठेपछि सभामुखले रुलिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array