तिजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा १ जनाको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ– तिजको नाच हेर्ने बेलामा झडप हुँदा सुर्खेतमा १ जनाको मृत्यु भएको छ ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा २ समूहबीचको झडपमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

पाटनखोलामा तिजको नाच हेर्ने क्रममा मंगलबार राति युवाहरुको २ समूहबीच झडप भएको थियो। झडपमा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए।

स्थानीयसँग सोधपुछ गर्दा २ समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको भन्ने बुझिन आएको छ,’ डीएसपी कार्कीले भने।

डीएसपी कार्कीका अनुसार मृतक युवकको टाउकोमा गम्भीर चोट लागेको छ। प्रहरीले घटनामा संलग्नहरुको खोजी भइरहेको र घटनाको थप अनुसन्धान पनि जारी रहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array