६ तला माथिबाट खस्दा बुद्धनगरमा दुई बालबालिकाको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तला माथिबाट खस्दा दुईजनाको मृत्यु भएको छ । अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरुलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले छतबाट हाम्फालेको हुनसक्ने बताइएको छ । विस्तृत अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array