नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ “क” बाट पाण्डे, सुवेदी र चौधरीको नाम।सिफारिस

माण्डवी न्युज
माण्डवी न्युज १५ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश “क” ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस कार्य शुरु गरेको छ ।

प्रदेश “क” ले भेषराज पाण्डे, नुमानन्द सुवेदी र लक्ष्मण चौधरीको नाम सिफारिस गरेको छ ।

पाण्डे भर्खरै सम्पन्न भएको काङ्ग्रेसको १४ औं महाधिवेशनका बेला दाङ क्षेत्रमा नम्बर १ को सभापतिमा निर्वाचित भएका हुन । क्षेत्रीय सभापतिमा निर्वाचित भएको यो दोस्रो पटक हो । पन्चायत काल देखि नेपाली काङ्ग्रेसको राजनीति गर्दै आएका पाण्डे विद्यार्थी संगठनको राजनीतिमा पनि लामो समय काम गरेका युवा नेता हुन । पाण्डे पुर्व जिल्ला सदस्य पनि हुन ।

त्यस्तै नुमानन्द सुवेदी २०७४ को स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । शिक्षण पेशामा आवद्ध भएका सुबेदी शिक्षकको राजनीतिबाट उदायका भद्र शालिन व्यक्तिका रुपमा चिनिन्छन ।

प्रत्येक्ष तर्फ उम्मेदवारी घोषणा गर्ने लक्ष्मण चौधरी सहिद पुत्र हुन । नेपाली काङ्ग्रेसका नेता स्वर्गीय श्रीनारायण चौधरीका छोरा चौधरी नेपाली काङ्ग्रेस दाङ जिल्लाका पुर्व जिल्ला सदस्य पनि हुन ।

त्यस्तै समानुपातिक तर्फ यसोदा चौधरी, अनुराग यादवले उम्मेदवारी घोषणा गरेका छन । चौधरी १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि बनेकी छन भने यादव पुर्व क्षेत्रीय सभापति, पुर्व महासमिती सदस्य र वर्तमान महाधिवेशन प्रतिनिधि हुन ।

 

प्रत्यक्ष तर्फ प्रदीपराज शर्मा, समानुपातिक तर्फ श्रीपत चौधरी र लोकराज केसीको नाम पनि राय तथा सुझाबका रुपमा राखिएको प्रदेश सचिब माधव सापकोटाले जानकारी दिए ।

प्रदीपराज शर्मा विद्यार्थी संगठनको राजनीति गरेका युवा नेता हुन । त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति समेत रहि सकेका शर्मा पुर्व महासमिती सदस्य र वर्तमान महाधिवेशन प्रतिनिधि हुन ।

लोकराज केसी २०७४ को स्थानीय निर्वाचनमा राजपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए र हाल उनी नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रदेश प्रतिनिधि पनि हुन ।

प्रतिक्रिया दिनुहोस्

Array