निलम्बित प्रधानन्यायाधीश राणाको दोस्रो दिनको बयान सुरू

माण्डवी न्युज
माण्डवी न्युज १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa
sf7df8f}F, !% ebf} . lgnlDat k|wfgGofwLz rf]n]Gb| zDz]/ ha/f a'waf/ l;+xb/af/df dxfleof]u l;kmfl/; ;ldltsf] a}+7sdf ;xefuL x'Fb} . tl:a/ M rGb|snf If]qL, /f;;

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा बिहीबार दोस्रो दिन बयान सुरू भएको छ।  बुधबारबारदेखि बयान सुरू भएको हो ।

बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको बयान दिएका छन्।

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निश्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ ।

उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयानुसार राणा बयानका लागि समितिमा उपस्थित भएका हुन्।

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो।

राणाविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियो। उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ। समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम आज पनि जारी छ।

प्रतिक्रिया दिनुहोस्

Array