प्रधानमन्त्री देउवा सर्वसम्मत रुपमा प्रतिनिधि सभा उम्मेदवार सिफारिस

माण्डवी न्युज
माण्डवी न्युज १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa
sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]kfnL sFfu|];sf ;efklt z]/axfb'/ b]pjf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट एकल उम्मेदवार सिफारिस भएका छन्।

नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत रुपमा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो। प्रतिनिधि सभातर्फ डडेलधुरामा एउटा मात्रै निर्वाचन क्षेत्र छ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन्।

प्रदेश क्षेत्रीय समितिबाट सिफारिस भएको आधारमा जिल्ला कार्यसमितिले उम्मेदवार सिफारिसको निर्णय गर्ने कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतले बताए। जिल्ला कार्यसमितिको बैठक शुक्रबार बस्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array