कुलोले बगाउँदा दाङमा एक महिलाको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – दाङमा कुलोले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कि ४७ वर्षिया सीता बस्नेत भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

भण्डारीलाई तुलसीपुर उपमहानगरपालिका १० स्थित रहेको गौरीगाउँले कुलोले बगाएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमका अनुसार पंचमीको व्रत सकेर बेलुका घर तर्फ फर्किदै गरेकी भण्डारी घर जाने क्रममा गौरीगाउँले कुलोमा चिफ्लिएर खेसेकी थिइन ।

साडी लगाएकी भण्डारीलाई वरिपरी सिमेन्टेड पक्की नहर भएको कुलोको बहावले लपेटेपछि उनी उठ्न नसकेको प्रहरीले अनुमान गरेको छ ।

बगेको ठाउँदेखि झन्डै एक किलोमिटर दक्षिणबाट भण्डारीलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

पछिल्लो केही दिन यता तुलसीपुर क्षेत्रमा निरन्तर बर्षा भइ रहेको हुँदा पातुखोलोमा पानीको बहाव बढेको छ ।

गौरीगाउँले कुलो पातुखोलाको उद्गमस्थलबाट सिंचाइका लागि पानी डोर्याउने तुलसीपुर क्षेत्रको एक प्रमुख कुलो हो ।

प्रतिक्रिया दिनुहोस्

Array