आज कोरोनाबाट ३ जनाको मृत्‍यु, २०६ जना संक्रमित

माण्डवी न्युज
माण्डवी न्युज १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै शुक्रबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array