तुलसीपुर ३ मा स्वतन्त्र पार्टीको वडा कमिटी गठन

माण्डवी न्युज
माण्डवी न्युज १८ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन गरिएको छ ।

तुलसीपुर नगर कमिटिका सभापति चित्र कुमार स्वर्णकारको अध्यक्षता र नगर सदस्य अनिल देबकाेटाको प्रमुख आतिथ्यतामा सप्पन्न भएको भेलाले ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

जसको अध्यक्षमा नारायण डाँगी, उपाध्यक्षमा मिलन आले, ठाकुर वली, सचिवमा जिवन घिमिरे चयन भएका छ्न । त्यसैगरी अन्य ११ जना सदस्य रहेका छन ।

भेलामा नगर सदस्य चूडामणि कंडेल ( चेतन)ले राष्ट्रिय स्वतन्त्र पार्टीको आधारभुत एजेन्डा बारेमा प्रकाश पारेका थिए । अब नेपालको राजनीतिको भविष्य राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा भएकाे बताए ।

कार्यक्रममा बोल्दै सभापति स्वर्णकारले पार्टीले देशभर आक्रामक रुपमा संगठन विस्तार गरिरहेको कुरा जानकारी गराउनुका साथै देशभरी व्याप्त रहेको भ्रष्टाचारको अन्त्यका लागि जनताले सचेतना पुर्वक आ-आफ्नो ठाउँंबाट भुमिका खेल्नुपर्ने बेला आएको कुरा बताए । उक्त कार्यक्रमको सहजीकण सचिव मेघराज केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array