कांग्रेस नेता श्रीनारायणका छोरा एमाले प्रवेश

माण्डवी न्युज
माण्डवी न्युज १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका नेता श्रीनारायण चाैधरीका छाेरा राप्ती गाउँपालिका-८ पिपरी निवासी, स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार, समाजसेवी बुद्धिप्रकाश चाैधरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले पाेलिटव्यूराे सदस्य तथा दाङ जिल्ला इञ्चार्ज नरुलाल चाैधरी, पाेलिटव्यूराे सदस्य शान्ता चाैधरी, केन्द्रीय सदस्य गंगा थारु, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा लगायतले पार्टी प्रवेश गराएका हुन् । यस्तै नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि चित्रम चाैधरी सहित सय बढी व्यक्ति विभिन्न पार्टी परित्यागगरि एमालेमा प्रवेश गरेका छन ।

नव प्रवेशी बुद्धिप्रकाश चाैधरीले नेपाली कांग्रेसले सहिद आफ्नो बुवा श्रीनारायण चाैधरीलाइ अपमान गरेकाे, अहिलेसम्म सहिदकाे प्रमाणपत्र दिन नसकेकाे बताए । कांग्रेसले अपमान जनक व्यवहार गरेकाले न्यायकाे लागि एमाले पार्टी राेजेकाे प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्

Array