चुनाव आइसक्यो, प्रचारप्रसारमा जुट्नुस – कांग्रेस नेतृ लम्साल

माण्डवी न्युज
माण्डवी न्युज २१ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दाङका सचिब तथा काङ्ग्रेस नेतृ वालिका लम्सालले आसन्न निर्वाचनमा प्रचार प्रसारमा खुलेर लाग्न आम कार्यकर्तालाई आग्रह गरेकी छन ।

आसन्न निर्वाचनमा गठवन्धन गर्ने विषयमा छलफल भैरहेको छ, यदि सहमति भयो भने गठवन्धनबाट उम्मेदवार बनेकाहरुको प्रचार गरौंला भएन भने कांग्रेसले जुन सुकै नेतालाई टिकट दिएर उम्मेदवार बनाउछ उनलाई जिताउनका लागि सबै लाग्नु पर्छ’- लम्सालले भनिन ।

नेपाली काग्रेस राजपुर गाउँपालिका कार्यसमित द्वारा आयोजित ” जनताको साथमा काङ्ग्रेस ” अभियानमा काङ्ग्रेस नेतृ तथा जिल्ला सचिब लम्सालले सो कुरा बताएकी हुन । पार्टी भित्र आन्तरिक मनमुटाव जे सुकै भएपनी सबै नेता तथा कार्यकर्ता एक ढिका भएर लाग्नमा जोड दिएकी छ्न ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी जिल्ला सचिब लम्सालले देशको आर्थिक विकास र राजनीति निकास दिन सक्ने हैसियत काङ्ग्रेसको मात्र भएको बताईन ।

नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका सभापति नरेन्द्र सिङ भण्डारीको सभापतित्वमा एवम् जिल्ला सचिब वालिका लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकी, क्षेत्र नम्बर १ का सचिव खेमराज चौधरी, जिल्ला सदस्य बालकुमारी पोखरेल, महाधिवेशन प्रतिनिधि तथा गाउँपालिका उपाध्यक्ष धनपतीदेबि यादव, क्षेत्रीय सल्लाहकार रामप्रताप यादव, क्षेत्रीय सदस्य रिता विक, सहजराम बर्मा, क्षेत्र नम्बर १ (ख) सचिब लालबिर खड्का लगायतले सम्बोधन गरेका थिए ।

नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका सचिव इन्द्रबहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सालिकराम यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array