हुलाकबाट आएको दुई किलो गाँजासहित तीनजना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – अमेरिकाबाट हुलाकमार्फत आएको गाँजासहित तीनजना पक्राउ परेका छन् । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल शंकास्पद लागेपछि प्रहरीले खोलेर हेरेको थियो ।

त्यसक्रममा गाँजा जस्तो वस्तु देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालका अनुसार त्यसक्रममा पार्सल लिन २० भदौमा कार्यालय पुगेका काभ्रेका मनोजकुमार राई पक्राउ परेका थिए ।

राईलाई नक्सालका अंकितकुमार श्रेष्ठले सामान लिन पठाएको खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई पार्सल ल्याइदिए ३० हजार रुपैयाँ दिने अफर काठमाडौं–१७, खुसिबुका ३० वर्षीय राहुल क्षेत्रीले गरेका थिए ।

सोही अनुसार विभिन्न मितिमा तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array