केही दिनमा अनौठो हुनेवाला छ- ‘प्रचण्ड’

माण्डवी न्युज
माण्डवी न्युज २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा अनौठो हुने बताएका छन्। मंगलबार पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केही दिनमा अनौठो हुने बताएका हुन्। तर, के अनौठो हुने हो भन्नेबारे भने केही खुलाएनन्।

धनगढीमा आयोजित प्रशिक्षणका क्रममा प्रचण्डले भने, ‘केही दिनमा अनौठो हुनेवाला छ, अचम्म नमान्नुहोला कमरेड।’ यति भनिसकेपछि उनले यसबारे थप बोलेनन्।

प्रचण्डको यो भनाइले एकीकृत समाजवादीसँग पार्टी एकता हुने संकेत देखाएको छ। माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले प्रचण्डले बोलेको त्यो भनाइको खास अर्थ थाहा नपाएको बताए।

‘अध्यक्ष कमरेडले समाजवादीसँग पार्टी एकताको विषयलाई पनि संकेत गरेका हुन सक्छन्,’ उनले भने, ‘गठबन्धनको सिट बाँडफाँडलाई पनि भनेका हुन सक्छन्, मेरो यस विषयमा धेरै कुरा भएको छैन।’

प्रशिक्षणका क्रममा प्रचण्डले चुनावी रणनिति, पार्टीको आगामी कार्यदिशा, वर्तमान राजनीतिलगायतका बारेमा नेता तथा कार्यकतालाई प्रशिक्षण दिएका छन्। उनीसँगै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि प्रशिक्षण दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array