सागर भण्डारीको ‘गलबन्दी मैलिए धुम्लानी मायालु’

माण्डवी न्युज
माण्डवी न्युज २३ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

दाङ – दाङको उर्वरभूमिमा जन्मिएका मोडेल सागर भण्डारीले ‘गलबन्दी मैलिए धुम्लानी मायालु’ बोलको गीत लिएर स्रोता माझ आएका छन । चर्चित अभिनेत्री केकी अधिकारीद्वारा अभिनियित ‘गलबन्दी मैलिए, धुम्ला नि मायालु’ को म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।

प्रेमिल भाव बोकेको म्युजिक भिडियोले विद्यमान समाजमा प्रेममाथि हुने वर्गिए दमनलाई चित्रण गर्न खोजको छ । प्रेम सम्बन्धमा रहेकाहरुमध्ये केटा वा केटीको पारिवारिक आर्थिक अवस्था समान नहुँदा देखिने यथार्थबारे कलाकारहरुले यो म्युजिक भिडियोमा जिवन्त अभिनय गरेका छन् ।

धनी परिवारकी केटी तथा गरिब परिवारको केटा यसका मुख्य कलाकारहरु हुन् । साथै समान हैसियत भएकासँग मात्र प्रेम गर्नुपर्छ भन्ने मान्यता बोकेका केटी (प्रेमिकाका बाबु) यो म्युजिक भिडियोका खलपात्रको रुपमा देखिएका छन् । यद्यपि जतिसुकै बल प्रयोग गरे पनि साँचो प्रेम छुटाउन सकिदैन भन्ने यो म्युजिक भिडियोको मूल भाव हो ।

सुनिल बिसीको शब्द तथा संगीत रहेको यो गितमा प्रविसा अधिकारी र प्रताप दासले स्वर दिएका छन् । ८ मिनेट १५ सेकेण्ड लामो म्युजिक भिडियोमा ग्रामीण समाजमा हुने प्रेम सम्बन्धबारे चित्रण गरिएको छ भने अधिकांश ग्रामीण समाजकै चलन चल्तीका शब्दहरुको प्रयोग भएको छ । भण्डारीले अभिनय गरेका प्रायःजसो म्युजिक भिडियोहरू नेपाली ग्रामीण समाजसँग सम्बन्धित छन् ।

मोडल भण्डारी घोराही-४ निवासी हुन् । भण्डारीले यसअघि २ दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने तीमध्ये अधिकांशले चर्चा कमाएका छन् । यसअघिको म्युजिक भिडियो मनमा पीर कति लिने हो ले पनि युट्युव ट्रेण्डिङको तेस्रो स्थानसम्म पुगेको थियो ।

उनी भन्छन्-‘२ वर्षअघि बजारमा आएको (मायालु) पछि म्युजिक भिडियोको दुनियामा पछाडि फर्कनु परेको छैन । (गलबन्दी मैलिए, धुम्लानी मायालु) ले अझ उचाइमा पु¥याउनेमा ढुक्क छु ।’ पत्रकार एकराज भण्डारीको सहयोगमा

गीतको पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला।

प्रतिक्रिया दिनुहोस्

Array