सर्पले डसेर दाङमा एक बालिकाकाे मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – सर्पले डसेर दाङमा एकजना बालिकाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ५ महतिनिखाेला निवासी ११ वर्षिय सानुमाया विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार पौडेलले जानकारी दिए ।

बिहिवार राति १० बजे घरमै सुतेको बेला एक्कासी देब्रे हातकाे औलामा सर्पले डसेकाे थियोे । कुन सर्पले डस्यो भन्ने कुरा पहिचान नभएको मृतकका बुवा गंगाराम विकले भने । सानुमायाकी आमा सविना विक राजपुर गाउँपालिका -५ को वडासदस्य हुन ।

सर्पले डसेर गम्भीर बिरामी भएकी सानुमायाको उपचारको लागि लमही अस्पतालमा ल्याउने क्रममा बाटाेमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array