अदालत परिसरबाट भागेका आरोपी विश्वकर्मा पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

दाङ – सरकारी वकिल कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका थुनुवालाई दाङ प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले म्याद थप्न लगेको बेला शौचालयको झ्यालबाट भागेका थुनुवा लक्ष्मण विश्वकर्मालाई प्रहरीले पुन: पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बिरबहादुर ओलीले जानकारी दिए ।

उनी प्रहरीले बिहिबार अपरान्ह म्याद थपका लागि सरकारी वकिल कार्यालय लगेको समयमा दुई तला माथिको शौचालयको झ्यालबाट हाम फालेर भागेका थिए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय विश्वकर्मा सुन र पैसा चोरीको अभियोगमा पक्राउ परेका हुन ।

म्याद थप नहुँदै थुनुवा भागेका अभियुक्त विश्वकर्मालाई जिप्रका दाङबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति घोराही१७ चौघेरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array