सम्मानजनक स्थान नपाए गठबन्धनमा बस्दैनौँः उपेन्द्र यादव

माण्डवी न्युज
माण्डवी न्युज २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई सम्मानजनक स्थान नदिइए गठबन्धनमा बस्न बाध्य नहुने बताएका छन्। पिछडा वर्ग महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्।

लोकतन्त्र र संविधानमाथि आक्रमण गर्ने अभिप्रायले प्रतिनिधि सभा भंग गरिँदा जसपा नै सबैभन्दा पहिले सडक आन्दोलनमा उत्रिएको दाबी गर्दै उनले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि गठबन्धनमा जान तयार भएको बताए।

अध्यक्ष यादवले लोकतन्त्र र संविधानको रक्षाका लागि जसपाले सडक आन्दोलन गरेको तर आज गठबन्धनमा कमजोर बनाउने षडयन्त्र भइरहेको आरोप लगाए। उनले जसपा कुनै पनि हालतमा आत्मघाती निर्णय नगर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

Array