सिट बाँडफाँडमा गठबन्धन भित्र लफडा भइरहेको छ – शंकर पोख्रेल

माण्डवी न्युज
माण्डवी न्युज २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिट बाँडफाँडमा सहमति नजुट्दा गठवन्धनमा लफडा भइरहेको भन्दै माओवादीले एमालेको नाम भजाएर काग्रेससंग भाग मागिरहेको बताए ।

प्रेस चौतारी नेपाल दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले माओवादीसंग यो चुनावमा कुनै खालको गठवन्धन नहुने भन्दै आवश्यक्ता अनुसार स्थानीय स्तरमा गठवन्धन गर्ने ब्यवस्था मिलाईएको पनि जानकारी गराएका छन।

सोहि क्रममा महासचिव पोख्रेलले आसन्न प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा आफु चुनाव लड्ने घोषणा पनि गरेका छन् । दाङ २ बाट प्रतिनिधि सभा सदस्यको चुनाव लडेर जित्ने र संसदको यात्रा तय गर्ने बताए ।

दाङलाई स्थायी राजधानी बनाउन आफुले बोले अनुसारको बाचा पुरा गरेको भन्दै अहिले पाँच दलिय गठवन्धन सरकारले स्थायी राजधानीमा सबै संरचना सार्न आलटाल गरीरहेको आरोप लगाए । ‘मुलुकमा पाँच दलिय गठवन्धनको सरकार भएका कारण स्थायी राजधानी दाङको भालुवाङमा प्रदेश भवनदेखी सबै मन्त्रालय सार्ने उसैको जिम्मेवारी हो, छिट्टै सबै स्थायी राजधानीमा सर्छ होला भन्ने मैले विश्वास लिएको छु’–महसचिव पोखरेलले भने’–।

यतिबेला एमालेको सरकार रही रहेको भए राजधानीको विषयमा वहस नै हुने थिएन, हामिले बोलेको वचन अनुसार सबै काम पुरा भइसक्थ्यो ।’ उनले अहिले गठवन्धनको सरकार पुर्णरुपमा असफल भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array