थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

माण्डवी न्युज
माण्डवी न्युज २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र १ हजार ९९५ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ३१६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये २ हजार २३६ जना होम आइसोलेसनमा रहेका छन् भने ८० जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार १७२१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

Array