दाङ निर्वाचन क्षेत्र नं २ मा महरा सहित तीन जनाको नाम सिफारिस

माण्डवी न्युज
माण्डवी न्युज २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa
Deputy Prime Minister Krishna Bahadur Mahara talks with journalists upon his arrival from a visit to China, at the Tribhuvan International Airport, in Kathmandu, on Saturday, August 20, 2016. Photo: RSS

दाङ – दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा सहित तीन जनाको नाम सिफारिस भएको छ । जसमध्य पुर्व मंत्री रेखा शर्मा र दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको नाम सिफारिस भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ले जानकारी दिए।

दाङ २ नम्बर क्षेत्रमा २०७४ को निर्वाचनमा कृष्णबहादुर महरा निर्वाचित भएका थिए । मङ्सिर ४ गते हुन् गैरहेको निर्वाचनमा महराको नाम सर्वसम्मत सिफारिसमा पर्न सकेन ।

महराले चुनाव लड्न सुरक्षित स्थानको खोजी गरिरहेको भए पनि दाङ–२ बाट उनको नाम सिफारिस भएको हो। गठबन्धनबाट दाङमा तीन वटा प्रतिनिधि सभामा सिट बाँडफाँड अझै टुंगिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array