बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, सहमति जुट्ने सम्भावना कम

माण्डवी न्युज
माण्डवी न्युज २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको म्याराथन बैठक चलिरहेको छ ।

सिट बाँडफाँटबारे सहमति खोज्न बालुवाटारमा जम्मा भएका नेताहरुबीच द्विपक्षीय र त्रिपक्षीय छलफल चलिरहेको सरकारका प्रवक्ता एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठक स्थलबाट बाहिरिएका उनले भने, ‘दलहरुको आआफ्नो अडान छ, तर सबैले लचिलो हुनुको विकल्प छैन ।

उनका अनुसार एउटै निर्वाचन क्षेत्रमा एकभन्दा बढी दलको दाबी भएकाले आजै सहमति जुट्ने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्

Array