आज कुन कुन स्थानमा वर्षा हुनेछ ?

माण्डवी न्युज
माण्डवी न्युज २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – हाल देशभरकाे माैसममा सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । आज देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेकाे छ ।

यस्तै, मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Array