चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

माण्डवी न्युज
माण्डवी न्युज २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।

नेपाल आएको पहिलो दिन समकक्षी अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटेपछि लीले अपराह्न प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँग बालुवाटारमा दिउँसो ४ बजे भेट्ने तय भएको छ ।

प्रधानमन्त्रीलाई भेट्नुअघि उनले दिउँसो ३ बजेत परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । चार दिने भ्रमणका लागि नेपाल आएको ली नेतृत्वको चिनियाँ टोली बिहीबार दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array