कोसेली बेकरीद्धारा लमहीमा शाखा विस्तार

माण्डवी न्युज
माण्डवी न्युज २३ मंसिर २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – घोराही उपमहानगरपालिका- १५ बाट सञ्चालनमा आएको कोसेली बेकरीले लमहीमा पनि आफ्नो शाखा विस्तार गरेको छ । घोराहीमा रहेको कोसेली बेकरीले यसअघि पनि आफ्नो शाखा तुलसीपुरमा बिस्तार गरि सकेको छ ।

लमहीका सञ्चालक सैलेश श्रेष्ठका अनुसार १३ लाखको लगानीमा लमही-५ लमही गल्ली रोडमा गुणस्तरिय, सरसफाई युक्त र स्वादिष्ट केक र बेकरीका परीकारहरु प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको हो ।

देउखुरी उद्योेग वाणिज्य संघका उद्योग उपाध्यक्ष केशव राज पोख्रेलले रिवन काटेर कोसेली बेकरी लमही शाखाको उद्घाटन गर्नुभएको हो । घोराहीमा लामो समयदेखी ग्राहकवर्गहरुलाई सेवा दिदै आएको कोसेली बेकरीले तुल्सिपुर र लमहीमा आफ्नो शाखा विस्तार गर्न सफल भएको छ ।

बेकरीमा विभिन्न ३० फरक स्वादका बर्थडे केकहरु पाईनुका साथै,मफिन, कोर्सनहरुमा चक्लेट, पाउरोटी, खस्ता, गिफ्ट आईटमहरु पाइने कोसेली बेकरीका संचालक सैलेश श्रेष्ठले बताउनुभयो । साथै ब्राउन बे्रड, मन्टिग्रेन ब्रेड ग्रालिक बे्रड गरी तिन प्रकारका ब्रेडका आईटम पाईने उहाँले जानकारी दिनुभयो ।

घोराहीमा बिगतका दिनहरुबाटै ग्राहक माझ लोकप्रिय रहेको कोसेली बेकरीले उपभोक्ताको मागलाई मध्यनजर गर्दै आफ्नो उत्पादनलाई लमहीका नागरिकलाई सेवा प्रदान गर्नका लागी शाखा बिस्तार गरेको हो । साथै बेकरीले होमडेलीवरीको पनि सुविधा दिएको छ । केक र मफिनहरु लमहीमै बनाइने, अन्य बेकरीका आइटमहरु सबै घोराही कोसेलीमै उत्पादन हुने गर्दछ।

बेकरी लमही शाखाका संचालक सैलेश श्रेष्ठ कोसेली बेकरीका संचालक नरेश कुमार श्रेष्ठका कान्छा सुपुत्र हुन । उद्घाटन कार्यक्रममा ब्यबसायी, संचारकर्मी, राजनीतिदलहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array