लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित

माण्डवी न्युज
माण्डवी न्युज २५ पुष २०७९, सोमबार
2 Min Read
Aa

दाङ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी बन्ने सुनिश्चित भएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको पछि एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । यो प्रदेशमा एमाले पहिलो दल छ।

प्रत्यक्ष तर्फ ५२ र समानुपातीक ३५ गरेर ८७ सदस्य प्रदेश सभा रहेको छ । एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ। कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा एक, नेकपा एकिकृत समाजवादी एक, स्वतन्त्र ३ जना छन्। प्रदेश प्रमुख अमिक शेरचनले माघ २७ गते अपराह्न ४ बजे मुख्यमन्त्रीमा दावी पेश गर्न समय दिएका छन् ।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन । जसले गर्दा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने कानुनी प्रावधान छ ।

सत्तारुढ दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेश १ बाहेकका बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो। प्रदेश नं १ मा भने आजै एमालेका धनेन्द्र कार्कि मुख्यमन्त्री भइसकेका छन्।

दलबीच भएको भागबण्डाअनुसार गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो। देश सञ्चार

प्रतिक्रिया दिनुहोस्

Array