डुंगा वारपार गर्दा लाग्ने शुल्कका बारेमा पहल गर्छु – उपप्रमुख योगी

माण्डवी न्युज
माण्डवी न्युज ३ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले डुंगा दुर्घटनाबाट बाँच्न सफल भएका बालबालिकालाई भेट गरेकी छन । भेटमा उपप्रमुख योगीले बालबालिकाको स्वास्थ्य स्थितिको समेत जानकारी लिंदै राप्ती नदि वारपारका लागि बैकल्पिक माध्यमको पहल गर्ने बताईन । नगरपालिकाका तर्फबाट विद्यालय पोशाक र जुत्ता प्रदान गर्दै सो कुरा बताएकी हुन।

No description available.

डुंगा वारपार गर्दा लाग्ने शुल्कका बारेमा पनि नगरपालिकाबाट पहल हुने कुरामा उपप्रमुख योगीले बिश्वस्त पारिन। त्यस्तै लमही नगरपालिकाका पुर्व न्यायिक समिति सदस्य कुमार भट्टराइले भौगोलिक विकटताको ख्याल गर्दै त्यस क्षेत्रमा विद्यार्थी ओसारपसार गर्नका लागि एउटा विद्यालय बसको व्यवस्था गर्न स्थानीय सरकार संग आग्रह गरे । प्राथमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश बस्नेतले देशको जिम्मेवार बोकेका बालबालिकाको लागि राज्यले पनि ध्यान दिनु पर्ने बताए।

No description available.

उनले वडा नम्बर ९ को तरुलियामा निम्न स्तरका मानिसको बसोबास भएकोले त्यहाँ जनचेतना मुलक शिक्षाको आवश्यकता भएको बताए। लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array