विमा रकम पाउने लोभमा टिप्परमा आगजनी

माण्डवी न्युज
माण्डवी न्युज ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – घोराही उपमहानगर पालिका ३ स्थित आज बिहान टिप्परमाथि भएको आगजनीमा चालक र सहचालकको संलग्नता रहेको प्रहरीले बताएको छ ।

टिप्परमा आगजनी पछि प्रहरी नियन्त्रणमा रहेका चालक राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीका वर्ष ३२ का अरुण चौधरी र गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुरका वर्ष १७ का आकाश चौधरीले प्रहरी सामु आफैले आगजनी गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

गाडी पुरानो, पटक पटक बिग्रिने, दुख दिने भएको कारण र आगलागी गरेपछि विमाले नया गाडी उपलब्ध गराउछ भन्ने सवारी धनीको योजनामा टिप्परमा आगजनी गरेको उनीहरुले प्रहरीलाई बताएका छन् ।

टिप्पर बिग्रेर दुइ दिन अघि देखि नजिकैको ग्यारेजमा राखेका रहेछन, गाडी बिग्रेर पटक पटक दुख दिन थालेपछि टिप्पर धनिकै सहमतिमा आगजनी गरेका हौँ’- भनेर चालक र सहचालकले बयान दिएको एसपी काफ्लेले बताए ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले आह्वान गरेको नेपाल बन्दको आह्वान गरेको दिन बिहानै घोराही उपमहानगरपालिका–३ बबइ पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आगजनी भएको थियो। चालक र सहचालक प्रहरी नियन्त्रणमै रहेको र सवारी घोराहीका थानेश्वर भण्डारीलाई पनि सम्पर्कमा ल्याउने काम भैरहेको दाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array