‘अग्निपथ’को छलफल बैठक : मन्त्री पनि आएनन्, कोरम पनि पुगेन

माण्डवी न्युज
माण्डवी न्युज ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – अग्निपथबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । समितिले छलफलका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाएको थियो ।

तर बैठकमा कोरम पनि पुगेन र मन्त्री खड्का पनि उपस्थित भएनन् । २५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थित हुनु पर्नेमा जम्मा ७ जना मात्र उपस्थित थिए ।

नेकपा एकीकृत समाजवादी स्थापना दिवस मनाउन र नेकपा एमाले पोलिटब्युरो बैठकमा व्यस्त रहेकाले बैठकमा कोरम नपुगेको हो । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको समिति सभापति पबित्रा निरौला खरेलले बताइन् ।

भारतले सैन्यभर्तीका लागि अग्निपथ योजना ल्याएको छ । उसले यो योजना अनुसार नै गोर्खा सैनिक भर्ना गर्ने तयारी गरिरहेका छ । त्यसैले यसबारेमा छलफल गर्न समितिले बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array