अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ – भरुवा बन्दुक सहित प्रहरीले दाङमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं १ कटवेरुवा बस्ने अंन्दाजी ४२ वर्षीय राम बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

चौधरीलाई गढवा गाउँपालिका वडा नं ७ स्थित ज्योती सामुदायिक वन सिकार खेल्न गएका छन भन्ने सुचनाका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

चौधरीको साथबाट अवैध रुपमा रहेको एक थान भरुवा बन्दुक, बन्दुकको नालमा २ वटा फलामको छर्रा र १ वटा गोली कपडाको टुक्रा र कालो रङको बारुद जस्तो धुलो पदार्थ रहेको,निजले बोकेको कालो रङको पछाडी बोक्ने झोला भित्र प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा भरुवा बन्दुकमा प्रयोग हुने फलामको गोली थान-१९, फलामका साना ठुला छर्रा थान-१२६ , कपडाको सानाठुला टुक्रा थान-१२, गोल्डी हिंग लेखिएको सानो प्लाष्टिक डिब्बा भित्र केप थान-४, २ वटा प्लाष्टिक डिब्बामा कालो रङको बारुद जस्तो देखिने धुलो पदार्थ अन्दाजी २०० ग्राम समेत बरामद गरेको प्रवक्ता गौतमले बताए ।

चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुशन्धान कार्य भैरहेको दाङ प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array