वर्षातले अश्वारा खानेपानीको मुहानमा क्षति

माण्डवी न्युज
माण्डवी न्युज १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – सोमबार बिहानैदेखि लगातार परेको अविरल वर्षातका कारण दाङको भमके खोलामा आएको बाढीले अश्वारा खानेपानीको चुनेपहरा खानेपानी मुहानमा क्षति पुगेपछि खानेपानी आपूर्ति बन्द भएको छ ।

बाढीले तुलसीपुर उपमहानगरपालिका-१ मा रहेको चुनेपहराको मुहानमा क्षति पुर्याउनुका साथै मुख्य पाइपलाइन समेत बगाएको खानेपानी आयोजनाका अध्यक्ष शिवहरी भण्डारीले जानकारी दिए ।

खानेपानी आपूर्ति बन्द भएपछि करिब ५ हजार उपभोक्ता प्रभावित भएका छन् । गाउँदेखि १३ किलोमिटर टाढाको दूरीमा रहेको मुहानस्थलमा मर्मतका लागि प्राविधिकको टोली पठाइएको अध्यक्ष भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्

Array