ब्रेन ट्युमर पिडितलाई आर्थिक सहयोग

माण्डवी न्युज
माण्डवी न्युज २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – ब्रेन ट्युमरबाट पिडित भई हाल उपचारमा रहेकी शिक्षिका कमला कुमारी बुढालाई आर्थिक सहयोग भएको छ । बुढालाई लमहीमा रहेको सनलाइट मोडर्न इंगलिस स्कुलका प्रधानाध्यापक रेशमबहादुर बुढा मार्फत अठार हजार नौ सय नब्बे रुपैयाँ बिरामी बुढाकी बहिनि सम्झना बुढा मगरलाई प्रदान गरिएको हो।

विद्यालयका प्रधानाध्यापक बुढाले बिरामीको स्वास्थ्य लाभको कामना गर्दै उक्त रकम हस्तान्तरण गरेका हुन । सबैको सहयोगले बिरामी बच्नु पर्छ भन्ने भावनाले सानो सहयोग गरेका हौँ, सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्न पनि प्रधानाध्यापक बुढाले सबैमा आग्रह गरेका छन।

बुढा निम्न माध्यामिक विद्यालयकी स्थायी शिक्षिका हुन । राजपुर गाउँपालिका वडा नम्बर ६ खंग्रा नाका निवासी बुढा स्याङ्जामा कार्यरत हुँदै गर्दा ब्रेन ट्युमर जस्तो प्राणघातक रोगबाट पिडित बन्न पुगेकी हुन।

पिडित बुढाकी बहिनी सम्झनाले भनिन’- दिदीको उपचारमा लाखौँ रुपैयाँ सक्की सक्यो, अब उपाय केहि छैन तर हिम्मत हारेको छैन’-। जति सक्नु हुन्छ त्यति आर्थिक सहयोग गरेर आफ्नी दिदीको ज्यान बचाइदिन समेत सम्झनाले सबैलाई अनुरोध गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्

Array