रोजी स्कुलद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

माण्डवी न्युज
माण्डवी न्युज २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – राजपुर गाउँपालिका वडा नम्बर ६ खंग्रा हाल लमही निवासी क्यान्सर पिडित कमला कुमारी बुढालाई आर्थिक सहयोग भएको छ ।

देउखुरीको लमही स्थित रोजि बड्स बालबाटिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षक र विद्यार्थीबाट संकलन भएको रकम विद्यालयले पिडित बुढा मगरलाई हस्तान्तरण गरेको हो ।

ब्रेन ट्युमर जस्तो प्राणघातक रोग बाट लड्दै लड्दै उनी अहिले क्यासर रोगसंग लडिरहेकी छन । बुढा मगरको उपचारमा समस्या आएको समाचार सार्वजनिक भएपछी देउखुरीका सामाजिक संघ संस्थाहरुले सक्दो आर्थिक सहयोग गर्दै आएका छन ।

मानविय नाताले आर्थिक सहयोग गरौं भनेर विद्यालयमा कार्यरत शिक्षकबाट ७ हजार ८ सय ४० रुपैयाँ र सोही विद्यालयमा अध्ययनरत छात्र तथा छात्राबाट २६ हजार ३ सय ९३ रुपैयाँ गरेका थियौं, सबै जम्मा गर्दा ३४ हजार २ सय ३३ रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक राजु यादवले जानकारी दिए ।

दु:खमा परेका जोकोहीलाई पनि सकेको सहयोग गरौं, मानवियताका आधारमा सबैले सहयोग गरौं भन्ने भावनाको विकास होस भन्ने सोचले आर्थिक सहयोग गरिएको रोजी बड्स बालबाटिका माध्यामिक विद्यालय कक्षा १० का छात्र शिशिर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array