सिट बाँडफाँडको कार्य अन्तिम चरणमा- पुर्व सभामुख महरा

माण्डवी न्युज
माण्डवी न्युज २५ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

दाङ – पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले आसन्न निर्वाचनका लागि पांच दलिय गठबन्धन विच सिट बाँडफाँडको कार्य अन्तिम चरणमा पुगेको बताए । नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नम्बर १ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न दाङको लमही पुगेका पुर्व सभामुख महराले हाल सम्म एकसय सिटको बाँठफाँड टुंगी सकेको बताए ।

उनका अनुसार दाङको तीनवटै क्षेत्रमा नेपाली काङग्रेस र माओवादीको विचमा सहमति भएको भएपनि सत्ता साझेर्दार दल नेकपा एकिकृत समाजवादीलाई पनि सम्मानजनक सिट मिलाउँदा समय लागेको बताए। त्यो पनि अब केहि दिनमै टुंगो लाग्ने महराको भनाई छ । समाजवादी पनि सत्ताको सहयात्री भएका कारण उसलाई पनि चित्त बुझाउनु छ, उसले मागेको जति सिट नपाउला तर सम्मानजनक सिट दिएर सहमति गराउने प्रयास भैरहेको नेता महराले बताए । साथै नजिकिंदै गरेको निर्वाचनका लागि प्रचारप्रसारमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

जसपा जिल्ला अध्यक्ष सहितको जम्वो टोली माओवादीमा ‘जम्प’

जनता समाजवादी पार्टी (जसपा) को दाङ जिल्ला कमिटिका जिल्ला अध्यक्ष होमप्रसद शर्मा सहित अन्य जिम्मेवार पदमा रहेका पदाधिकारीहरु सदस्यहरु नेकपा (मााओवादी केन्द्र) मा प्रवेश गरेका छन ।

No description available.

जसपाको दाङ जिल्ला कमिटि एकसय ५३ सदस्यीय रहेकोमा एकसय ३० जना भन्दा बढीको संख्यामा माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका नेता बसन्तराज शर्माले जानकारी दिए । जसपा दाङका उपाध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, जिल्ला सचिव लक्ष्मी चौधरी, जसपाका केन्द्रिय सदस्य टोपवहादुर कार्की, प्रकाश चौधरी पनि (माओवादी केन्द्र) मा प्रवेश गरेका छन।

No description available.

नव प्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष कृष्णवहादुर महराले स्वागत गर्दै महराले माओवादीमा प्रवेश गर्दा गौरव गर्न आग्रह गरे । सबै नयाँ प्रवेशीलाई पार्टीमा उचित जिम्मेवारी दिने समेत महराले बताए । नव प्रवेशी साथिहरुलाई जिम्मेवारी दिन कन्जुस्याई नगर्नू सबैलाई आ–आफ्नौ हैसियत अनुसारको जिम्मेवारी दिनुस् ‘- महराले निर्देशन दिएका छन । यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले माओवादीले उठान गरेका मुद्धा धेरै सम्बोधन भएको र बाँकी विषयलाई माओवादी आन्दोलनले थप विषय पूरा गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array