घोराहीका विद्यालय एक महिना बन्द गरिने

माण्डवी न्युज
माण्डवी न्युज २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

दाङ – घोराहीमा असोज १३ गते देखि एक महिनासम्म निजी विद्यालय बन्द गरिने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घोराही नगर समितीको आज घोराहीमा सम्पन्न भेलाले दशै र तिहारको अवसरमा संस्थागत विद्यालयमा एक महिना विदा गर्ने निर्णय गरेको हो ।

प्याब्सन घोराही नगर अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षता तथा प्याब्सन दाङका सल्लाहाकार बिनय कुमार मिश्रको प्रमुख आतिथ्यमा भएको भेलाले यही असोज १३ देखि कार्तिक १३ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै, भेलाले विद्यार्थी भर्ना गर्दा अनिवार्य सर्टिफिकेट लिने व्यवस्था गर्ने, असोज ८ गते दशै मिलन तथा वनभोज कार्यक्रम गर्ने लगाएका निर्णय गरेको हो ।

कार्यक्रमका वक्ताहरुले विद्यालयले शुल्क घटाउनु भन्दा गुणस्तर बढाउनमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । विद्यालयमा एकरुपता ल्याउन समय समयमा विषयगत शिक्षकको भेला राखी अनुभव आदानप्रदान गर्नु पर्ने बताएका थिए । कार्यक्रममा प्याब्सन दाङका सचिब आदिम केसी, सदस्य निमानन्द गैरे लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण प्याब्सन घोराही समितिका सचिब बालकृष्ण ओलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array