कलश सहकारी संस्थाद्वारा रक्तदान

माण्डवी न्युज
माण्डवी न्युज २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

दाङ – घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले आज शनिवार एक कार्यक्रम गरी रक्तदान गरेको छ । सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक र शेयर सदस्य गरी १३ जनाले रक्तदान गरेका छन ।

कलश बचत तथा ऋण सहकारी संस्था शिक्षा उपसमितिका संयोजक केशव रिजालको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी रक्तदानको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाले सामाजिक सेवामा टेवा पुर्याउने उद्देश्य र जिल्लामा रगतको आपूर्तिको सहजताका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।

कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्मा, ध्रुवराज पौडेल, माधवा घिमिरे, सुमन पौडेल, केशव रिजाल, बिष्णु घर्ति, गेहेन्द्र बस्नेत, मुकेश अधिकारी, श्रीहर्ष रिजाल र ज्ञानेन्द्र अधिकारी,घनश्याम केसी, काशीराम पाण्डेय, बाबु अञ्सारीले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराही दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array