राजपुर गाउँपालिकाले थाल्यो डेंगु रोग नियन्त्रणको अभियान

माण्डवी न्युज
माण्डवी न्युज २८ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – राजपुर गाउँपालिकाले तिव्रगतिमा फैलिरहेको डेंगु रोग नियन्त्रणमा तदारुकता देखाएको छ । पालिका अध्यक्ष शरद कुमार बुढाथोकी र उपाध्यक्ष धनपतिदेवि यादवले आफै नेतृत्व गरेर पालिकाका सबै जसो बस्तीमा पुगेर डेंगु रोगका बारेमा जनचेतना फैलाइरहेका छन् ।

पहिले जनतालाई स्वस्थ राखौं बाँकी काम पछि गर्दै गरौँला’- अध्यक्ष बुढाथोकीले भने । घाम पानि नभनेर यति बेला हामी पालिकाका सबै वडाका गाउँ गाउँमा पुगी रहेका छौं, विद्यालय, स्वास्थ्य कार्यालय, वडा कार्यालय जस्ता स्थानमा कार्यक्रम राखी स्वास्थ्यकर्मी मार्फत डेंगु रोग बाट कसरी बच्ने ? भन्ने बारे जनचेतना जगाउने काम भैरहेको अध्यक्ष बुढाथोकीको भनाई छ ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादव पनि डेंगु रोग नियन्त्रण अभियानमा डटेर लागेकी छन् । दोस्रो पटक गाउँपालिका उपाध्यक्ष निर्वाचित भएपछी झन् उनीमा काम गर्ने हौसला निकै बढेर आएको बताउछिन । मैले जनताको काम पुरा गर्न बाँकी भएकै कारण जनताले मत दिएर निर्वाचित गराएका हुन’- ,उपाध्यक्ष यादव भन्छिन । उनलाई भ्याई नभ्याई छ, गाउँपालिकामा न्यायिक समिति संयोजक पनि उनी हुन, जहाँ दैनिक जसो बिवाद आउने गर्दछन । त्यस्तै योजना अनुगमनको जिम्मेवारी पनि उपाध्यक्ष यादवकै हो।

पांच वर्षमा पालिकालाई दाङकै उत्कृष्ट पालिका बनाउने अभियानमा जुटेको अध्यक्ष उपाध्यक्ष दुबैको भनाई छ । पालिकालाई उत्कृष्ट बनाउनका लागि पालिकावासी, कर्मचारी सबैको सहयोग भएमा मात्र आफुहरुको सपना साकार हुने अध्यक्ष शरद कुमार बुढाथोकीको ठहर छ। मुलतः हामीले गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, यातायात र कृषिमा सुधार गर्न सक्यौ भनेपनि धेरै कुरामा परिवर्तन आउनेछ, यो काम गर्नलाई चुनौती पनि उतिक्कै छन् तर डटेर सामाना गर्छौं’- बुढाथोकीले भने ।

अब आउने जनप्रतिनिधिले पनि हाम्रो सिको गरेर जनताको लागि काम गरुन भन्ने संदेश दिनका लागि हामी जनताका घर घर पुगेर समस्या बुझ्ने कोशिस गरेका छौं’- उपाध्यक्ष धनपतिदेवि यादवले भनिन। हामी यो वा त्यो पार्टी भन्दैनौं, काम गर्ने क्रममा कहिलेकाँही तलमाथि हुनु स्वाभाविक हो तर केहि तत्वहरुले मिथ्या आरोप लगाउछन त्यो आरोपले धनपतिलाई केहि फरक पर्दैन’- यादव भन्छिन ।

प्रतिक्रिया दिनुहोस्

Array