गोरखा स्कुलको भोलि शनिबार खेलकुद सप्ताह समापन हुँदै

माण्डवी न्युज
माण्डवी न्युज १५ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले भोलि ५ औं वार्षिक खेलकुद सप्ताह कार्यक्रमको समापन गर्ने भएको छ । स्कुलका प्रधानाध्यापक लोकमान रिजालले दिएको जानकारी अनुशार भोलि शनिबार बिहान एघार बजे देखि स्कुल प्रांगणमै समापन कार्यक्रम हुने छ ।

गोरखा स्कुलले हरेक वर्ष खेलकुद सप्ताह कार्यक्रमको आयोजना गर्ने गर्दछ, यो वर्ष पनि आफ्नै स्कुलका बालबालिकालाई सहभागी गराएर सैतिस वटा विधाका खेलहरुमा प्रतिष्पर्धा गराएको प्रधानाध्यापक रिजालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array