दिदीको घरमा भाइको हत्या, ५ जना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज ३० जेष्ठ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रहरीले पर्साको बहुदरमाई नगरपालिका-२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्नको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनितादेवी र २२ वर्षीया रिंकु देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजेशको हत्याको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीहरुलाई ७ दिन हिरासतमा राख्न् पर्सा जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।

‘घटना किन घटाइयो ? कसको संलग्नता कति हो ? घटनाबारे थप अनुसन्धान गरिरहेका छौं’ उनले भने । जेठ २८ गते बिहान ११ ः १५ बजे जगरनाथपुर–६ स्थित नारा खोलाको खोल्सीमा घोप्टो परेको र घाँटीमा गम्छाले कसिएको अवस्थामा राजेशको शव फेला परेको थियो । राजेश जेठ २४ गते दिदीको घरमा गएका थिए ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा त्यसै घरको एक सदस्यसँग यौनजन्य क्रियाकलापमा संलग्न भएको पाइएपछि परिवारका सदस्यले राजेशमाथि कुटपिट गरेका थिए । उनको हत्यामा भिनाजु हिरामन, उनका भाइ रामबालकसहित परिवारका ५ जना सदस्य नै संलग्न भएको प्रहरीको अनुमान छ । मृतकको घाँटीमा बेरिएको गम्छा भिनाजु हिरामनकै भएको पुष्टी भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array