बारामा हत्या गरेर भागेका युवक काठमाडौंबाट पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज ३१ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं  – बाराको कलैयामा ७० वर्षका वृद्धको हत्या गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको रामपुर घर भएका ३८ वर्षीय बजरंगी मलाहा छन् ।

जेठ २७ मा मलाहाले बाराको कलैया उप महानगरपालिका वडा नम्बर–९ घर भएका ७० वर्षीय अहमद मियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले रातोपाटीलाई बताए ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी परिसर काठमाडौंको टोलीले मलाहालाई गौशालाबाट पक्राउ गरेका हुन् । आफूले राख्न दिएको पैसा फिर्ता नगरेको निहुँमा मलाहाले पिकले हिर्काएर महमदको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी राजेश थापाले रातोपाटीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

Array