लमहीका नगर प्रमुख चौधरीद्वारा रि-फ्रेस सेन्टरको उद्घाटन

माण्डवी न्युज
माण्डवी न्युज १ असार २०७९, बुधबार
1 Min Read
Aa

दाङ– लमही नगरपालिका वडा नम्बर ५ को रातोडाडामा मंगलबार देखि विधिवत रुपमा रि-फ्रेस सेन्टर संचालनमा आएको छ । सेन्टरको उद्घाटन लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गरेका हुन ।

नगर प्रमुख चौधरीले लामो दुरिको यात्रा सहज बनाउने स्थानको रुपमा रि-फ्रेस सेन्टरलाई लिनु पर्ने बताए । मंगलबार दाङको लमही स्थित रातोडाडामा रहेको रि-फ्रेस सेन्टरको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले यात्रु र यात्रालाई गन्तव्य सम्म पुर्याउनका लागि पुर्वपश्चिम राजमार्गमा गुड्ने लामो सवारी साधनले रि-फ्रेस सेन्टरमा पसेर केहिबेर आराम गर्न आवश्यक भएको बताए ।

त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले रि-फ्रेस सेन्टरलाई व्यवस्थित गर्नका लागि सबैको आवश्यक भएको बताईन । मानिसको जीवनसंग जोडिएको हुँदा यो अत्यन्तै गम्भीर विषय भएको योगीको भनाइ छ । रि-फ्रेस सेन्टरलाई व्यवस्थित गर्नका लागि सुरक्षाकर्मीहरुको भुमिका महत्त्व बढी रहेको उल्लेख गरिन ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले दुर्घटना न्यूनीकरण गर्ने पाटोमा रि-फ्रेस सेन्टरले सहयोग गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए । लामो दुरिका यातायातका साधनलाई यहाँ आएर आराम गर्ने, फ्रेस हुनका लागि सहज हुने, दुर्घटना न्यूनीकरण हुनुका साथै बजार व्यवस्थित पनि हुने अधिकृत डाँगीको ठहर छ ।


कार्यक्रममा पत्रकार दशरथ घिमिरे, यातायात व्यवसायी गोबर्धन सापकोटा, नेकपा माओवादी केन्द्रका दिलकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेको थिए । कार्यक्रमको सहजीकरण लमही नगर विकासका हरि खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array