ओखलढुंगामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज १ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडाैँ – ओखलढुंगामा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ। यसैगरी दुईजना बिरामी भएका छन्। जंगली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका-७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढककुमारी विष्ट रहेका छन्।

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया विष्ट, ढककुमारीसमेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भएका थिए। त्यसपछि उनीहरूलाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा पठाइएको थियो।

उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया विष्टको काठमाडौँ शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array