स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि कार्यशाला

माण्डवी न्युज
माण्डवी न्युज ३ असार २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – स्थानीय पाठ्यक्रम निर्माणका लागि आवश्यकता पहिचान कार्यशाला कार्यक्रम शुक्रबार लमहीमा सम्पन्न भएको छ ।

आठ वर्ष पछि यहाँका विद्यार्थीहरु स्थानीय तहका कुन कुन विषयमा जानकार हुनु पर्छ भन्ने बारे कार्यक्रमको मुख्य उद्देश्य भएको शिक्षा शाखा प्रमुख रबिन्द्र क्षेत्रीले बताए ।

लमही नगरपालिकाको शिक्षा क्षेत्रका बारेमा सबैले गम्भीर भएर सोच्नु पर्ने समय आएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए ।

नगरको शिक्षालाई गुणस्तरीय बनाउनका लागि विद्यालय, शिक्षक, अभिभावक सबै जागरुक हुनु पर्ने अधिकृत डाँगीको भनाई छ । विद्यालयका हरेक गतिविधि संतोषजनक नभएको भन्दै अब सबै विद्यालयले अनुशासनको पाटोलाई तुरुन्तै अवलम्बन गर्न डाँगीको भनाई छ । साथै अर्थपूर्ण नतिजा आउने गरि शिक्षा प्रदान गर्न सबै विद्यालयका शिक्षकहरुलाई मेरो अनुरोध छ,सबैले उदाहरणीय काम गरेर देखाउनुस, कहाँनेर के गर्नु पर्छ नगरपालिका तयार छ”- प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए ।

त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले शिक्षकहरुले चाहेमा आमूल परिवर्तन गर्न सक्छन, शिक्षासंग धेरै कुराहरु जोडिएको हुँदा देशको विकासका लागि पनि गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उपप्रमुख योगीको भनाई छ ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षा प्रदानका लागि सबै खटिएर लाग्नु पर्ने बताए । राम्रो शिक्षा दिएर योग्य नागरिक बनाउन शिक्षाको महत्त्वपूर्ण भुमिका हुने भएकाले कहिँ कतै र कुनै पनि बहानाबाजी स्विकार्य नहुने कुरामा नगर प्रमुख चौधरीको जोड छ । बालबालिकालाई शिक्षा प्रदान गर्दा अभाव हुने सामाग्रीका बारेमा समयमै नगरपालिकालाई जानकारी गराउन पनि सम्बन्धित विद्यालयलाई आग्रह गरे ।

कार्यक्रममा निजि तथा सामुदायिक विद्यालयका शिक्षक, बुद्धिजीवी, विद्यार्थी लगायतको सहभागिता रहेको छ । नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखाका अम्बिका शर्मा खनालले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

Array