संसदीय समिति बैठकबाट बाहिरिए माधव नेपाल

माण्डवी न्युज
माण्डवी न्युज ५ असार २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकबाट बाहिरिएका छन् ।

अमेरिकन सहयोग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि अध्यक्ष नेपाल बैठकबाट बाहिरिएका छन् ।

समितिको बैठकमा पुगेका नेपाल प्रधानमन्त्री देउवा अनुपस्थिति हुने जनाएलगत्तै बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक छ भन्दै बाहिरिएका हुन । समितिको बैठक भने जारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array