सामाजिक काम गरौं भन्दै कांग्रेस युवा नेता बसेलले गरे रक्तदान

माण्डवी न्युज
माण्डवी न्युज ५ असार २०७९, आईतवार
1 Min Read
Aa

दाङ – गढवा उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता ओमप्रकाश बसेलले आफ्नो जन्म दिनको अवशरमा रक्तदान गरेका छन ।

“समय अनुशार चल्नु पर्ने र जन्म दिनमा फजुल खर्च गर्ने जुन सस्कार छ त्यस्लाई अन्त्य गर्नमा सहयोग पुगोस भनेर आफुले रक्तदान गरेको हुँ”- उपाध्यक्ष बसेलले भने ।

उपाध्यक्ष बसेलले आफ्नो जन्म दिनमा फजुल खर्च गर्न छोडी सकेको बताए । आफुले जन्म दिनको अवशरमा सामाजिक कार्य गर्दै आएको उनको भनाई छ ।

रगतको अभावले मानिस अकालमा ज्यान गुमाइरहेको भन्दै जन्म दिनको अबशरमा वाइहात खर्च गर्नु भन्दा सामाजिक कर्ममा लाग्न अन्य युवाहरुलाई पनि आग्रह गरेका छन ।

उनी नेपाली कांग्रेस गढवा गाउँपालिका कार्य समिती सदस्य हुन । त्यस्तै आयाम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पनि हुन । सानै उमेरमा एक सफल व्यवसयीको रुपमा परिचित बसेल थुप्रै सामाजिक संघ संस्थामा आबद्ध रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array