ठूलो मात्रामा लागूऔषध सहित तीनजना पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज ६ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं  –  सिरहाबाट ठूलो मात्रामा लागूऔषध सहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र १ नेपाली रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला पञ्चायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई हाल लहान ५ बस्ने २१ वर्षीय मोहमद अखतर, ग्राम पञ्चायत खरियोग थाना पिप्राही १ बस्ने २७ वर्षीय धर्मेन्द्र कुमार ठाकुर र लहान ७ बस्ने दयाराम ठाकुरको छोरा १८ वर्षीय गौतम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आइतबार राति करिब ११ बजेको समयमा ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीको नेतृत्वमा खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा लहान नगरपालिका–८ स्थितमा मोबाइल अफजतले सञ्चालन गरेको आल्मुनियम पसल र लहान–१ स्थितमा रहेको दयाराम ठाकुरको घरमा खानतलासी गर्दा लागूऔषध फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शुभाष बुढाथोकीले जानकारी दिए ।

प्रहरीले पसल र घरबाट फेनरागन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, व्युप्रिनोर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डि.सी. ४३९ बोतल र स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद गरेको छ । यस्तै प्रहरीले ज १ प ४७५८ नम्बरको मोटरसाईकल, नगद ४३ हजार ५ सय रुपैयाँ र ३ वटा मोबाइल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array