कपिलवस्तुको सिमानमा खोलाले बगाउँदा दुई भारतीय नागरिकको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज ६ असार २०७९, सोमबार
1 Min Read
Aa

दाङ–पूर्व पश्चिम राजमार्गको भालुबाङ्ग चन्द्रौटा सडक खण्डमा खोलाले बगाउदा दुई जनाको मृत्यु भएको छ। प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किदै गरेका दुई भारतीय नागरिकको सुरई खोलाले बगाउँदा मृत्यु भएको हो ।

भारतको सिद्धार्थनगर जिल्ला बलरामपुरका १७ वर्षीय निखिल कौशाल र सोही ठाउँका १८ वर्षीय सुरज सोनीको खोलाले बगाउदा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका सई तारा खनालले जानकारी दिए ।

लु २ ख २७१६ नम्बरको फोर्स गाडिबाट फर्किदै गरेका उनीहरु कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरो जान थालेपछि चालकले गाडीबाट ओर्लन भनेका थिए।

त्यसपछि कौशल र सोनी गाडीबाट ओर्लिएर भाग्ने क्रममा पहिरा खोलाले बगाएर सुरही खोलामा पुर्याएको थियो । बिहान बेपत्ता भएका दुई जनाको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ । मृतकका आफन्त प्रहरी सम्पर्कमा आएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array