भीमफेदी कारागारमा कैदीको मृत्यु

माण्डवी न्युज
माण्डवी न्युज ८ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – मकवानपुरको भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका मिलन परियारको मृत्यु भएको छ । ०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा ३ वर्ष कैदी जीवन बिताइसकेका हेटौंडा-२ का ३४ वर्षीय परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

७ वर्षका लागि कैदी जीवन बिताइरहेका परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीबाट रिफर गरेर थप उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । कैदीको शव पोष्टमार्टम भएपछि मात्रै थप जानकारी दिन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array